
News Summary
Generated by OK AI. Editorially reviewed.- ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङसहित तीन जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप भएको छ।
- बुधबार राति पक्राउ परेका तीन जनामाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गरिएको हो।
- सानुभाइ समूहले अर्को समूहसँग विवाद गरेपछि सञ्चालकले प्रहरीलाई खबर गरेका थिए र प्रहरी वृत्त सोह्रखुट्टेले तीन जनालाई पक्राउ गरेको थियो।
१५ साउन, काठमाडौं । ठमेलको नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका तीन जनाविरुद्ध म्याद थप भएको छ ।
पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङसहित तीन जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट चार दिनको म्याद थप भएको हो । बुधबार राति पक्राउ परेका गुरुङसहित तीन जनाविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप भएको हो ।
उक्त दोहोरी साँझमा दुई पक्षबीच विवाद भएको थियो । सानुभाइको समूहले अर्को समूहसँग विवाद गरेपछि सञ्चालकले प्रहरीलाई खबर गरेको थियो ।
त्यसपछि सानुभाइ र अर्को पक्षका दुई जना गरी तीन जनालाई प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरेको थियो ।
अहिले पक्राउ परेका सानुभाइ यसअघि पटक-पटक पक्राउ पर्दै आएका व्यक्ति हुन् । नुवाकोट घर भएका उनी ठमेल र गोंगबु क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4