
News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लू वृद्धि अटोकर्पले दिपल एस०७ को नयाँ भेरिएन्ट \'आईसीए\' आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
- दिपल एस०७ आईसीएले नयाँ एलएफपी ब्याट्री केमेस्ट्री र इन्टेलिजेन्ट कनेक्टिभिटी फिचरहरू सहित स्लिक र कमान्डिङ एसयूभी प्याकेज प्रस्तुत गर्नेछ।
- नेपालमा १८ महिनामा दिपलले ९ सयभन्दा बढी एस०७ बिक्री गरी सबैभन्दा रुचाइएको लक्जरी इलेक्ट्रिक वाहन ब्रान्ड बन्न सफल भएको कम्पनीले दाबी गरेको छ।
काठमाडौं । नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले आफ्नो लोकप्रिय इलेक्ट्रिक एसयूभी दिपल एस०७ को नयाँ भेरिएन्ट ‘आईसीए’ आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
१० भन्दा बढी इन्डस्ट्री फस्ट फिचर र बेजोड डिजाइन मार्फत आफ्नो सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ ले अब नयाँ मापदण्डको इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिलाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार दोस्रो ठूलो चिनियाँ अटोमोबाइल ग्रुपले उत्पादन गर्ने दिपल एस०७ आईसीएले अब डिजाइन र स्टाइललाई फ्युचरिस्टिक कनेक्टिभिटीसँग सम्मिश्रण गरेर स्लिक र कमान्डिङ एसयूभी प्याकेज बनाउने छ ।
नयाँ एलएफपी ब्याट्री केमेस्ट्रीमा उपलब्ध हुने दिपल एस०७ आईसीएले आधुनिक इलेक्ट्रिक एसयूभीबाट नेपाली ग्राहकले केसम्म अपेक्षा गर्न सकछन् भन्ने प्रष्ट्याउने छ ।
नेपालमा सार्वजनिक भएको १८ महिनामा दिपलले आफूलाई नेपालकै सबैभन्दा रुचाइएको ईभी ब्रान्डका रूपमा स्थापित गर्न सफल भएको कम्पनीको भनाइ छ ।
यसको बेजोड डिजाइन र अतुलनीय प्रविधि तथा सम्झौता नगरिएको ड्राइभिङ एक्सपिरियन्सले यसलाई नेपालकै नम्बर १ लक्जरी ईभी ब्रान्ड बनाएको कम्पनीको दाबी छ ।
यसमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, हेडरेस्ट र आउटडोर स्पिकर, २० इन्चको टायर, १२५ लिटरको फ्रंक लगायत फिचरले गर्दा नेपालमा ९ सयभन्दा बढी दिपल एस०७ बिक्री भइसकेको छ ।
नयाँ एस०७ आईसीएले दिपलको यो स्थानलाई कायम गर्ने अपेक्षा एमएडब्लू वृद्धिले गरेको छ ।
प्रतिक्रिया 4