+
+
WC Series
पोखरा एभेन्जर्स 2025
9/1 (2.2)
VS
१०६ बलमा १५७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका सदस्य रामहरि सिलवाल पनि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १८:०६
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका सदस्य रामहरि सिलवाल करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा भक्तपुरबाट पक्राउ परेका छन्।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले सिलवाललाई रुपन्देही पठाउन लागिएको जानकारी दिए।
  • यो सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोपमा अध्यक्ष अशोक केसीसहितका व्यक्तिविरुद्ध २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो।

१५ साउन, काठमाडौं । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका एक सदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन घर भएका रामहरि सिलवाल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो । उनलाई रुपन्देही पठाउन लागिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

यो सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ । यो सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।

यसअघि हिजो बुधबार मात्रै यो सहकारीका अध्यक्ष अशोक केसी पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?