 
																						प्रतीकात्मक तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- रुपन्देहीको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसीलाई करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा भक्तपुरबाट पक्राउ गरिएको छ।
- सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ र पक्राउ पुर्जी २० वैशाख २०८१ मा जारी भएको थियो।
- अशोक केसी ३४ वर्षका हुन् र दोलखाको मेलुङ गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्।
१५ साउन, काठमाडौं । करिब ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा एक सहकारीका अध्यक्ष पक्राउ परेका छन् ।
पक्राउ पर्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मैत्रीपथमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीका अध्यक्ष अशोक केसी छन् ।
दोलखाको मेलुङ गाउँपालिक–६ घर भएका ३४ वर्षीय अध्यक्षलाई भक्तपुरबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता गणेश सापकोटाले बताए ।
यो सहकारीले बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको आरोप छ । यो सहकारीका अध्यक्षसहितका व्यक्तिविरुद्ध २० वैशाख २०८१ मा पक्राउ पुर्जी जारी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4