
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री रमेश लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ।
- भेटमा हानाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन चासो व्यक्त गरिन् ।
- मन्त्री लेखकले शान्ति प्रक्रियाको काम टुंगोमा पुर्याउन सरकार सक्रिय रहेको र आगामी दिनमा थप सहयोगका लागि आग्रह गरेका छन्।
१५ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ ।
बिहीबार सिंहदबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री लेखक र हानाबीच भेटवार्ता भएको हो ।
भेटमा हानाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरिन् ।
उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् ।
मन्त्री लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सरकार शान्ति प्रक्रियाको काम टुंगोमा पुर्याउन सक्रिय रहेको बताए ।
लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।
प्रतिक्रिया 4