+
+
Shares

‘सुख दुःख’ मा मदनकृष्ण श्रेष्ठ अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री नीता ढुङ्गानाको डेब्यु निर्देशन रहने फिल्म 'सुख दुःख'मा मदनकृष्ण श्रेष्ठलाई शीर्ष भूमिकाका लागि अनुबन्धित गरिएको छ।
  • निर्माताले शुक्रवार श्रेष्ठलाई महत्वपूर्ण भूमिका दिन अनुबन्धित गरेका थिए र उनले कथाले मन परेकाले अभिनय गर्न राजी भएको बताए।
  • फिल्ममा अभिनेत्री मिथिला शर्मा पनि जोडिएकी छन् र आगामी वर्ष दसैंको फूलपातीमा प्रदर्शन गर्ने योजना छ।

काठमाडौं । अभिनेत्री नीता ढुङ्गानाको डेब्यु निर्देशन रहने फिल्म ‘सुख दुःख’ को शीर्ष भूमिकामा मदनकृष्ण श्रेष्ठ अनुबन्धित भएका छन् ।

उनलाई शुक्रबार निर्माताले महत्वपूर्ण भुमिकाको लागि अनुबन्धित गरे । अनुबन्धित भएपछि श्रेष्ठले आफुलाई फिल्मको कथा मन परेकाले अभिनय गर्न राजी भएको बताए ।

कलाकार श्रेष्ठलाई अनुबन्धित गरेपछि नीता उत्साहित देखिइन् । उनले भनिन्, ‘स्क्रिप्ट सुनाउँदा उहाँ भावुक हुनुभयो । स्क्रिप्ट मनपराएपछि अभिनय गर्नका लागि उत्साहित देखिनुभयो ।’

आइतबार अभिनेत्री मिथिला शर्मा जोडिएकी छन् । मदन र मिथिलाबाहेक अन्य कलाकार को को हुने भन्ने खुलाइएको छैन ।

यसअघि यो फिल्मको छायांकनका लागि भारतीय छायाँकार कवीरलाल र शाहिदलाल अनुबन्धित छन् ।

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?