
News Summary
Generated by OK AI. Editorially reviewed.- चाबहिलस्थित टेक्सास इन्टरनेसनल कलेजमा विद्यार्थीले आयोजना गरेको ‘टेक्सास बाइट्स फेस्टिभल–युथ भाइब्स २०२५’ सम्पन्न भएको छ।
- कार्यक्रममा बीएचएम विद्यार्थीले तयार पारेका परिकारका स्टल र विभिन्न सांगीतिक ब्यान्डको प्रस्तुति रहेको थियो।
- क्याम्पस प्रमुख श्यामसुन्दर श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीमा जीवनोपयोगी सिप, मानसिक स्वास्थ्य र करियर विकासमा सहयोग पुग्ने बताए।
काठमाडौं । चाबहिलस्थित टेक्सास इन्टरनेसनल कलेजमा ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) पढ्दै गरेका विद्यार्थीले आयोजना गरेको ‘टेक्सास बाइट्स फेस्टिभल–युथ भाइब्स २०२५’ सम्पन्न भएको छ ।
युवा विद्यार्थी लक्षित गरी आयोजना गरिएको यस उत्सवमा प्लस टु सकेका विद्यार्थीको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै बीएचएम अध्ययनरत विद्यार्थीले तयार गरेका विभिन्न परिकारका स्टल पनि राखिएका थिए ।
कार्यक्रममा विभिन्न लोकप्रिय सांगीतिक ब्यान्डले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रमको मुख्य आकर्षण संगीत ब्याण्ड ‘द एलिमेन्टस्’ को लाइभ प्रस्तुति थियो ।
टेक्सास इन्टरनेसनल कलेजका क्याम्पस प्रमुख श्यामसुन्दर श्रेष्ठले भने, ‘हाम्रो उद्देश्य विद्यार्थीलाई केवल किताबी ज्ञानमा मात्रै सीमित नराखी जीवनोपयोगी सिप र अनुभवमा पनि समान रूपमा दक्ष बनाउनु हो । यस्ता कार्यक्रमले विद्यार्थीमा टिमवर्क, सांस्कृतिक सहिष्णुता र उद्यमशील क्षमता विकासमा सहयोग पुर्याउँछ ।’
श्रेष्ठका अनुसार यस्ता महोत्सव मनोरञ्जनमा मात्र नभई विद्यार्थीहरूको मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र करियर निर्माणमा समेत सहयोगी हुने छन्।
‘धेरै विद्यार्थी यस्ता अवसरबाट नयाँ प्रेरणा लिएर फर्किन्छन्, चाहे त्यो अध्ययन परियोजना होस् वा कुनै नयाँ रुचि,’ उनले भने ।
उनका अनुसार यस्ता सांस्कृतिक तथा संगीत महोत्सवले विद्यार्थीलाई अध्ययनको तनावबाट मुक्त गराउँदै लाइभ संगीत, सामाजिक सहभागिता र रचनात्मकता अभिवृद्धिमा सहयोग गर्छन् ।
साथै, संगीत र इभेन्ट व्यवस्थापन क्षेत्रमा करियरको सम्भावना पनि उजागर गर्ने उनको भनाइ छ ।
टेक्सास कलेजले यसअघि पनि यस्तै कार्यक्रम आयोजना गर्दै आएको छ । यस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनशीलता, आत्मविश्वास र सामाजिक संलग्नताको अभ्यास गर्ने अवसर प्रदान गर्दै आएको कलेजको भनाइ छ ।
प्रतिक्रिया 4