
इन्टरनेटको अहिलेको युगमा मानिसहरुबीच कुराकानीका लागि धेरै प्रकारका मेसेजिङ एपहरु छन् । यस्ता मेसेजिङ प्लाटफर्ममा च्याटिङसँग सम्बन्धित अनेक खालका नयाँ नयाँ फिचरहरु उपलब्ध छन् ।
ती सोसल मिडिया एपबाट हामीले केवल एक अर्कालाई टेक्स्ट मेसेज पठाउन सकिने मात्र होइन मल्टिमिडिया मेसेजिङ फिचरको प्रयोग गरेर अडियो तथा भिडियो सन्देश पनि सजिलैसँग पठाउन सकिन्छ । त्यसमध्ये एउटा फिचर चाहिँ इमोजी तथा स्टिकर पठाउन सकिने सुविधा पनि हो ।
प्राय: हामीले सोसल मिडियामा आफ्नो मेसेजसँगै आफ्ना भावनाहरु व्यक्त गर्नका लागि इमोजीको प्रयोग गर्दछौं । आजकल इमोजीहरु नयाँ नयाँ अपडेटका साथमा उपलब्ध छन् । मेसेजिङ प्लाटफर्ममा उपलब्ध अनेक खालका इमोजीहरुका आ-आफ्नै अर्थ छन् । यस्तोमा हामीले हरेक इमोजीको अर्थ बुझ्नुपर्छ ताकि कसैलाई गलत इमोजी नपठाइयोस् ।
मेसेजिङ एपमा मानिसको मूड, अनुभूति, क्रियाकलाप, प्रकृति आदिको हिसाबले happy, sad, amazed, festive लगायतका भावना व्यक्त गर्ने अनेकन इमोजीहरु हुन्छन् । त्यसमध्ये पुरुष समलिंगी र महिला समलिंगीका लागि समेत फरक फरक इमोजीहरु छन् ।
महिला समलिंगी अर्थात् लेस्बियन इमोजीमा दुईवटा महिलाको आकृति, दुई महिलाको बीचमा प्रेमको चिह्न भएको आकृति, वा दुई महिलाको बीचमा कुनै बच्चा समेत रहेको आकृति हुन्छ ।
त्यसैगरी पुरुष समलिंगीवाला इमोजीमा पनि दुईवटा पुरुषको आकृति, दुई पुरुषको बीचमा प्रेमको चिह्न भएको आकृति वा दुई पुरुषसँग एकजना बच्चा भएको आकृति समेत हुन्छ ।
त्यसैले कसैलाई च्याटमा इमोजी पठाउँदा यस्ता इमोजीहरु चिनेर मात्रै पठाउनु पर्दछ ताकि कसैको लैंगिकता जस्तो संवेदनशील कुरामा मजाक गरेजस्तो नहोस् र अरुको चित्त नदुखोस् ।
प्रतिक्रिया 4