
News Summary
Generated by OK AI. Editorially reviewed.- टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को चौथो सिजनले ८ जना फाइनलिस्ट प्राप्त गरेको छ।
- प्रत्येक कोचको समूहबाट २/२ जना फाइनलिस्ट छनोट भएका छन्।
- शनिबार राती ८ बजेसम्म भोटिङ खुला रहनेछ र सर्वाधिक भोट ल्याउनेले उपाधि जित्नेछ।
काठमाडौं । टिभी रियालिटी शो ‘भ्वाइस किड्स’को चौथो सिजनले ८ जना फाइनलिस्ट प्राप्त गरेको छ ।
प्रत्येक कोचको समूहमा २/२ जना फाइनलिस्ट छनोट भएका छन् । आगामी शनिबार कुनै एकले उपाधि उचाल्नेछ ।
कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धिताल अन्तिम आठमा प्रवेश गरेका छन् ।
कोच मेलिना राईको समूहमा सोनाली राजभण्डारी र नोरेन लोय क्षेत्री फाइनलिस्ट छन् । कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँ फाइनलिस्ट बनेका छन् ।
कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट बने । शनिबार हुने फिनाले एपिसोडमा सर्वाधिक भोट ल्याउने कुनै एकले उपाधि जित्नेछ ।
शनिबार राती ८ बजेसम्म भोटिङ खुला हुनेछ । शुक्रबार पनि ‘रोड टु फिनाले’ एपिसोड प्रसारण हुनेछ जसमा प्रतिस्पर्धीले सांगीतिक प्रस्तुति दिनेदेखि भोट माग्ने सम्मका गतिविधि हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4