+
+
Shares

३० दशकको काठमाडौं झल्काउने ‘क्याप्टेन साब’को छायांकन सेट

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘क्याप्टेन साब’को छायांकन तीनकुनेमा २०३० र ४० को दशकको काठमाडौं देखाउने सेटसहित भइरहेको छ।
  • निर्देशक दीपेन्द्र के खनालले त्यो समयको घर र कस्ट्युम डिजाइन बजेट अनुसार तयार गरिएको बताए।
  • छायांकन साउन १० गतेदेखि काठमाडौं, काभ्रे, चितवन र वीरगञ्जमा भइरहेको छ र फिल्म क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित छ।

काठमाडौं । यतिबेला फिल्म ‘क्याप्टेन साब’को भब्य सेट तयार गरेर छायांकन भइरहेको छ । तीनकुनेमा तयार पारिएको सेट प्राचिन काठमाडौं सहरजस्तो देखिन्छ ।

त्यहाँका घरको शैली, प्रप्स, मानिसको रहनसहन र वेशभुसा उपत्यकाको परम्परागत सभ्यताजस्तो देखिन्छ ।

निर्माताले २०३० र ४० को दशकको काठमाडौं कस्तो थियो भनेर दर्शाउने प्रयत्न गरिएको जनाएका छन् । एक हिसाबले यो फिल्म ‘पिरियोडिक’जस्तो पनि देखिन्छ ।

‘काठमाडौंको व्यस्त सहरमा हामी दर्जनौँ पक्की नयाँ घर त बनाउन सक्दैनौँ । त्यसैले ३० र ४० को दशकको फिल आउनेगरी घरको कलर गरेका छौँ’ निर्देशक दीपेन्द्र के खनालले भने ।

‘त्यो बेलाको काठमाडौं कस्तो थियो भन्ने देखाउन त्यही अनुसारको कस्ट्युम डिजाइन गरेका छौं’ । चिट गरेजस्तो नदेखिने गरी काम गरेका छौं’ उनले भने ।

‘जुन कालखण्डको कथा हामी भन्दैछौँ, त्यही समय देखाउने हाम्रो प्रयास हो । हाम्रो बजेट र शिल्पले भ्याएसम्म हामीले गर्ने प्रयास गरिरहेका छौँ’ निर्देशक खनालले भने, त्यसैले हामी सेट लगाएर काम गरिरहेका छौँ ।’

यो फिल्मको छायांकन साउन १० गतेदेखि सुरु भएको छ । काठमाडौँसँगै काभ्रेको पनौती, बेथानचोक चितवन र वीरगञ्जमा छायांकन हुने जनाइएको छ ।

यो फिल्म विमान चालक तथा संचार उद्यमी समेत रहेका ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको जीवन घटनामा आधारित छ । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

निर्मातामा निर्देशक खनालसहित करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?