+
+
Shares

हेटौंडाको प्रादेशिक कृषि थोक बजार निर्माण भएको एक वर्षपछि हस्तान्तरण

प्रदेश सरकारले ७०/३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रादेशिक कृषि थोक बजार एक वर्षपछि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।
  • थोक बजारको ७० प्रतिशत लगानी बागमती प्रदेश सरकारको र ३० प्रतिशत हेटौंडा उपमहानगरपालिकाको छ र भवनमा पार्किङ, सटर, लिफ्ट सुविधा छन्।
  • थोक बजारले ५०० मेट्रिक टन भण्डारण क्षमता सहित किसानको कृषि उपजको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उपमहानगरपालिकाले जनाएको छ।

१८ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित प्रादेशिक कृषि थोक बजार निर्माण भएको एक वर्षपछि हस्तान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ७० प्रतिशत र हेटौंडा उपमहानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण भएको आधुनिक कृषि थोक बजारको आइतबार उपमहानगरपालिका कार्यालयलाई हस्तान्तरण गरिएको हो । थोक बजार गत भदौ ०८१ मा तयार भइसकेको संरचना हो ।

थोक बजार सञ्चालन कार्यविधि नबनेका कारण भवन अलपत्र बन्दै आएको थियो । आइतबार कृषिमन्त्री प्रकाश श्रेष्ठ र हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामाले संयुक्त रुपमा भवनको उद्घाटन गरेका थिए । मन्त्री श्रेष्ठले नगर प्रमुख लामालाई साँचो प्रदान गर्दै भवन हस्तान्तरण पनि गरेका थिए ।

प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाबीच यसअघि नै थोक बजार निर्माणको सम्झौता भएर सञ्चालनको जिम्मा कार्यालयले लिने सहमति भएको थियो ।

प्रदेश सरकारले ७०/३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको हो ।

सम्झौताको एक वर्षपछि थोक बजार निर्माण थालिएको थियो । ३८ करोड ८८ लाख ६७ हजार ५८२ रुपैयाँ लागत अनुमान (५ तल्लाको डिपिआर) रहेको भवन ३२ करोड १० लाख ५० हजार ७ सय १५ लागतमा बेसमेन्ट सहित ३ तल्लाको निर्माण भएको कृषि विकास निर्देशनालयले जानकारी दिएको छ ।

थोकबजार निर्माणका लागि अनक/माउन्टेन जेभी काठमाडौंले ठेक्का पाएको थियो । ९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । ७ महिना म्याद थप भएर काम गरिएको थियो ।

थोक बजार निर्माणका लागि हेटौंडा उपमहानगरले तत्कालीन समयमा थानाभर्‍याङस्थित राप्ति पुल नजिकैको जग्गामा रहेका ५८ वटा घर/टहरा हटाएको थियो । जग्गा खाली गरेपछि १८ असार २०७८ मा शिलान्यास गरिएको थियो ।

कृषि थोक बजारमा के–के सुविधा छ ?

हेटौंडा उपमहानगरपालिका कार्यालयकाअनुार भवनको होलसेल मार्केटको बेसमेन्टमा कार र मोटरसाइकल पार्किङ, भुइँ तल्लामा २० वटा सटर, ४ वटा कार्गाे, २ वटा प्यासेन्जर लिफ्ट, पहिलो तल्लामा २० वटा सटर रहेको छ ।

बजारको रिटेल सपको भुई तल्लामा ११ वटा सटर, २ कार्गाे लिफ्ट, २० सटर, पहिलो तल्लामा १२ वटा सटर सहित किसानको २ सय ३२ बर्गमिटरको टहरा रहेको छ ।

४३७ दशमलव २ बर्गमिटरको ५०० मेट्रिक टन भण्डारण क्षमता रहेको कोल्ड स्टोरेजसहितको बजारले प्रदेशमा रहेका किसानहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?