
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'बुकी'को पहिलो झलक सार्वजनिक भएको छ जसमा हरियो पाटनमा महिला भलिबल खेलिरहेको देखिन्छ।
- मोहन केसी निर्देशित फिल्म 'बुकी' हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुतिमा निर्माण भएको हो।
- फिल्म 'बुकी'को छायांकन काठमाडौं, पोखरा र ढोरपाटन क्षेत्रमा गरिएको छ र सन् २०२६ भित्र रिलिज गर्ने जनाइएको छ।
काठमाडौं । फिल्म ‘बुकी’को पहिलो झलक सार्वजनिक भएको छ । टिजर पोस्टरमा हरियो पाटनमा केही महिला भलिबल खेलिरहेको देखिन्छ ।
पृष्ठभागमा बुकी फूल देखिन्छ । यो टिजर पोस्टरले फिल्मको सेटिङ र मुडलाई चित्रण प्रयत्न गरेको छ । लेकाली पाटनमा फुल्ने बुकी फूल भुइँमा फुल्छ र सुगन्ध फैलाउँछ ।
मोहन केसी निर्देशित यो फिल्म हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुतिमा निर्माण भएको हो ।
कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन् । निर्मातामा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा, रमेश थापा लगायत छन् ।
क्रिएटिभ प्रोड्युसरमा राजेश थापा र बसुन्धरा खरेल छन् । को–प्रोडुसरमा जितु थापा, सुनील बुढाथोकी छन् ।
कलाकारमा सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, गानु जोशी, अनु दाहाल, सन्दिपबाबु लोहनी, निशा बजगाईं लगायत छन् ।
एसोसिएट डिरेक्टरमा आसुका अर्याल, चिफ असिस्टेन्ट डिरेक्टरमा आचार्य गोपाल छन् । विकास गन्धर्वको रहेको फिल्ममा भूपेन्द्र अधिकारीको सम्पादन छ ।
सहायक निर्देशकमा टाईग्रिस, निशा दाहाल, उज्वल अधिकारी, कलर मनोरञ्जन श्रेष्ठ छन् ।
लोकेसन साउन्डमा बिसन बस्नेत, सिमान्त थापा, डाइमन्ड आचार्य र निर्जल खत्री छन् । टार्जन लिम्बुको ड्रोन रहेको फिल्ममा संगीत दीपक शर्मा र एचबीएन किस्मतको छ ।
राकेश दाहालको पब्लिसिटी डिजाइन रहनेछ । एमयूएमा श्याम मल्ल, प्रोडक्सन हेडमा थम्मन थापा छन् ।
‘बुकी’को छायाकंन काठमाडौ, पोखरा, ढोरपाटन क्षेत्रमा गरिएको हो । फिल्मलाई सन् २०२६ भित्र रिलिज गर्ने जनाइएको छ ।
प्रतिक्रिया 4