+
+
Shares

गुल्मीमा ‘साना किसानको पोसिलो आटो’ बजारमा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीको विशेष सहयोगमा ‘साना किसानको पोसिलो आटो’ ब्रान्डिङ गरेर बजार ल्याइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित साना किसान कृषि सहकारी संस्था बडागाउँले मकैको आटो ब्रान्डिङ गरेर बजारमा ल्याएको छ।
  • प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीको सहयोगमा \'साना किसानको पोसिलो आटो\' ब्रान्डिङ गरिएको छ।
  • सहकारीले १ किलो मकैको आटोको मूल्य १ सय ३० रुपैयाँ तोकेको र नेपालभर वितरण गर्ने योजना बनाएको छ।

१८ साउन, गुल्मी । गुल्मीमा मकैको आटो ब्रान्डिङ गरेर बजार ल्याइएको छ । मुसिकोट नगरपालिका–४ मा रहेको साना किसान कृषि सहकारी संस्था बडागाउँले मकैको आँटा ब्रान्डिङ गरेर बजार ल्याएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना हाल राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीको विशेष सहयोगमा ‘साना किसानको पोसिलो आटो’ ब्रान्डिङ गरेर बजार ल्याइएको हो ।

कृषि सहकारी संस्था बडागाउँका अध्यक्ष हरि छन्तेलका अनुसार सहकारीले बडागाउँका किसानबाट मकै खरिद गरेर त्यसलाई विशेष प्रशोधन प्रक्रिया र लेबलिङ, प्याकेजिङ गरेर बजार पठाइएको जानकारी दिए ।

अहिले १ किलोको १ सय ३० रुपैयाँ तोकिएको छ । यस उत्पादनको वितरण नेपालभरिका साना किसान सहकारी संस्था र प्रमुख सहरमा पनि उपलब्ध गराइने छन्तेलले बताए ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न तथा यसको स्वाद र पोषणको गुणस्तर जनमानसमा प्रस्तुत गर्ने उद्देश्य रहेको सहकारीले जनाएको छ । गुल्मीका मध्यपहाडी भेगमा उत्पादित मकै, मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै, स्वास्थ्य र स्वादको हिसाबले उच्च गुणस्तरीय मानिन्छ ।

यसले स्थानीय किसानको आम्दानीमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा सहकारीको छ ।

कार्यालयले मकैको आटो ब्रान्डिङ गर्न ८५ प्रतिशत अनुदानमा प्रशोधन मेसिनरी, लेबलिङ र प्याकेजिङका लागि उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले बताए ।

यस सहयोगका माध्यमबाट सहकारीले स्थानीय मकैको आटो उत्पादन र वितरण प्रक्रियामा सुधार ल्याउन सफल भएको उनले बताए । यस क्षेत्रको मकैको आटो पोषणमा अत्यधिक राम्रो मानिन्छ ।

जिल्लामा २४ हजार ४ सय ६५ हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ । कुल क्षेत्रफलको ११.२३ प्रतिशत क्षेत्रफलमा हाइब्रिड मकै लगाइँदै आएको छ ।

जिल्लामा मकै खेती विस्तार गर्न मकै जोन विस्तार गरिएको छ । जसबाट मकै उत्पादन, बीऊ उत्पादन लगायतमा सहयोग पुग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?