+
+
Shares

लिचीबारी जग्गा प्रकरणमा बिचाैलिया भनिएका लामा एमालेबाट निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते २०:१६
सुजन लामा/फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले गण्डकी प्रदेश कमिटीले लिचीबारी जग्गा हडप्ने अडियो प्रकरणमा संलग्न सुजन लामालाई सदस्यबाट निलम्बन गरेको छ।
  • लामा सँगै निजामती कर्मचारी के. गिरीलाई पनि पार्टीले निलम्बन गरेको सचिव धनञ्जय दवाडीले जानकारी दिए।
  • लिचीबारी जग्गा विवादमा तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए भने भूमी व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएका छन्।

१८ साउन, पाेखरा । पाेखराकाे लिचीबारी हडप्ने प्रपञ्च गरिएकाे अडियाे प्रकरणमा जाेडिएका सुजन लामालाई नेकपा एमाले गण्डकी प्रदेश कमिटीले सदस्यबाट निलम्बन गरेकाे छ ।

संघीय मन्त्रीहरूसमेत जाेडिएकाे अडियाे प्रकरणले देशैभरि तरंग ल्याएकाे थियाे । याे प्रकरणमा बिचाैलिया भनिएका लामालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिएकाे सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

पोखराको बाटुलेचाैरमा रहेकाे करिब १३५ राेपनी जग्गा हडप्न बिचाैलयाकाे काम गरिएकाे आराेप लागेपछि उनलाई निलम्बन गरिएकाे हाे । लामा एमाले गण्डकीकाे सल्लाहकार परिषद् सदस्य थिए ।

लामासँगै निजामती कर्मचारी के. गिरीलाई पार्टीले निलम्बन गरेको छ । तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि निलम्बन गरिएकाे सचिव दवाडीकाे भनाइ छ ।

लिचीबारी प्रकरणमा तत्कालीन मन्त्री गुप्ताले पदबाट राजीनामा दिएका थिए भने वर्तमान भूमी व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि मुछिएका छन् । एमाले कास्कीले मन्त्री अधिकारीलाई पनि निलम्बन गरी अनुसन्धान गर्न माग गरेकाे थियाे ।

पाेखराकाे बाटुलेचाैरमा रहेकाे करिब १३५ राेपनी जग्गा २०४१ सम्म तत्कालीन जिल्ला, अञ्चल र पश्चिमाञ्चल क्षेत्रीय अदालतले दुर्गादेवी शाह र लाेकदिव्येश्वरी शाहकाे कायम हुने फैसला गरेकाे थियाे । तर, त्याे जग्गा मुस्ताङबाट झरेका गाैचनहरूकाे नाममा रहेकाे पाइएकाे छ ।

४१ वर्ष पुरानाे फैसलाअनुसार तत्कालीन जिल्ला मालपाेत कार्यलय कास्कीमा प्रमुख रामचन्द्र अधिकारीलाई प्रयाेग गरेर ४ जना हकवालावाकाे नाममा कायम गर्न विचाैलिया लागि परेकाे आराेप थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?