+
+
Shares

माओवादी स्थायी कमिटी : आज प्रचण्डले जवाफ दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते ७:२८

१९ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारदेखि जारी बैठक आज पनि बस्न लागेको हो ।

बैठक आजै सक्ने तयारी गरिएको छ । शनिबार र आइतबार धेरै सदस्यहरुले आफ्नो धाराणा राखिसकेकोले आज समापन गर्ने तयारी गरिएको माओवादीले जनाएको छ ।

आजको बैठकमा महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन् ।

बाँकी रहेको गुरुङ र श्रेष्ठले धारणा राखेपछि दस्तावेदमाथि आएको धारणाबारे अध्यक्ष प्रचण्डले जवाफ दिनेछन् । उनले जवाफ दिएपछि आजै बैठक समापन गरिने उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डको दस्तावेजमाथि उपमहासचिव जनार्दन शर्मा, सचिव रामकार्कीसहितका केहीले प्रश्न उठाए पनि समर्थन गरेका छन् । विशेष महाधिवेशनको प्रस्ताव गरेका शर्मालाई स्थायी कमिटी सदस्यहरुले आत्मालोचना गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?