
१९ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संसदीय समितिले गिरिबन्धु टी इस्टेट र घर वा आवास इकाइ (अपार्टमेन्ट) का प्रतिनिधिहरुसँग छलफल गर्दैछ ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेका लागि राखिएको छ ।
भूमिसम्बन्धी विधेयकमा कतिपय प्रावधान गिरिबन्धु टी स्टेटका लागि केन्द्रित गरेर ल्याइएको र अपार्टमेन्टका नाममा हदबन्दी भन्दा बढीको जग्गा बिक्री दिन खोजिएको भनेर विपक्षीहरूले प्रश्न समेत गरिरहेका छन । यही बेला संसदीय समितिले गिरिबन्धु टी स्टेट र अपार्टमेन्टका प्रतिनिधिहरुसँगै राय लिन लागेको हो ।
आइतबार समितिले वन तथा वातावरण मन्त्रालयसँग छलफल गरेको थियो । प्रस्तावित विधेयकका कतिपय प्रावधानमा वन तथा वातावरण मन्त्रालयले नै प्रस्तावित विधेयकमा फरक मत राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4