+
+
Shares

राप्रपा असन्तुष्ट पक्षको भेला हात्तीसारमा जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १६:३६

१९ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षको बैठक बसिरहेको छ । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा असन्तुष्ट नेताहरूको बैठक जारी छ ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरू पनि सहभागी छन् । वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, पदमुक्त गरिएका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशमशेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, तीन सहायक महामन्त्रीहरु प्रेम बलायर, ऋषिराज देवकोटा र सौरेन्द्रबहादुर शाह बैठकमा सहभागी छ ।

साथै, बागमतीका अध्यक्ष विक्रमबहादुर थापा, कर्णालीका अध्यक्ष दीपबहादुर शाही, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जगत गौचन, प्रवक्ताबाट अध्यक्ष लिङ्देनले हटाएका सगुन सुन्दर लावती, सहमहामन्त्री: रवीन्द्रप्रताप शाह, सहायक प्रवक्ता प्रबिनकुमार थोकर तामाङ लगायत ७० जनाको बैठक बसिरहेको असन्तुष्ट पक्षले जनाएको छ ।

असन्तुष्ट पक्षको छलफलको एजेण्डा अध्यक्ष लिङ्देनले पार्टीका नेताहरूलाई गरेको कारबाही सम्बन्धमा रहेको बैठकमा सहभागी एक नेताले जानकारी गराए ।

अध्यक्ष लिङ्देनले अनुशासन समितिका प्रमुखको मनोनयन, उपाध्यक्ष गिरी र प्रवक्ता लावतीलाई हटाउने निर्णयको असन्तुष्ट पक्षले विरोध गर्दै आएको छ ।

साथै, तल्लो तहको अधिवेशनका लागि तोकिएका केन्द्रीय पर्यवेक्षकमा एकलौटी गरिएको असन्तुष्ट पक्षको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?