
News Summary
Generated by OK AI. Editorially reviewed.- सिक्किमका मुख्यमन्त्री प्रेम तामाङले 'भ्वाइस किड्स' सिजन ४ का फाइनलिस्ट आयन राईलाई जिताउन सामाजिक संजालमार्फत आग्रह गर्नुभयो।
- मुख्यमन्त्री तामाङले आयनका पिता मणिकुमार राईलाई भेटेर उनको प्रयासलाई समर्थन गर्दै हार्दिक शुभकामना व्यक्त गर्नुभयो।
- उहाँले सबैमा आग्रह गर्नुभयो कि आयन राईलाई फिनालेमा भोट गरी विजय सुनिश्चित गरौं, फिनाले आउँदो शनिबार हुँदैछ।
काठमाडौं । सिक्किमका मुख्यमन्त्री प्रेम तामाङले ‘भ्वाइस किड्स’ सिजन ४ का फाइनलिस्ट आयन राईलाई जिताउन आग्रह गरेका छन् ।
सामाजिक संजालमार्फत शुभकामना दिँदै उनले फिनालेमा विजयी गराउन आग्रह गरेका हुन् । आयनलाई जिताउन आफ्नो साथ हुने मुख्यमन्त्री तामाङले जनाएका छन् ।
मुख्यमन्त्रीलाई भेट्न आयनका बुवा मणिकुमार राई पुगेका थिए । त्यसपछि उनीसँगको फोटो सेयर गर्दै मुख्यमन्त्रीले आयनलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
मुख्यमन्त्री तामाङले लेखेका छन्, ‘आज मैले आयन राईका पिता मणिकुमार राईलाई भेटेँ । उनका छोरा आयनले ‘द भ्वाइस किड्स नेपाल’को फिनालेमा पुगेर हामी सबैलाई गर्व गर्न योग्य बनाएका छन् । मैले उनको प्रयासलाई समर्थन गर्दै भविष्यको सांगीतिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेँ । उनले निरन्तर सफलता हासिल गर्दै आफ्नो प्रतिभाबाट धेरैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’
उनी लेख्छन्, ‘म सबैमा आग्रह गर्दछु कि आयन राईलाई फिनालेमा भोट गरौं र उनको विजय सुनिश्चित गरौं ।’ आर्यनले कोच मिलन नेवारको समूहबाट भ्वाइस किड्सको चौंथो सिजनमा प्रतिस्पर्धा गरिरहेका छन् ।
फिनाले आउँदो शनिबार हुँदैछ ।
प्रतिक्रिया 4