+
+
Shares

विशेष परीक्षामा ऐतिहासिक सफलता : ९१.८२ प्रतिशत चिकित्सक उत्तीर्ण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल मेडिकल काउन्सिलले १५ र १६ साउनमा लिएको चिकित्सकको विशेष परीक्षामा ९१.८२ प्रतिशतले उत्तीर्ण भएका छन्।
  • परीक्षामा कुल एक हजार ७९ जनाले फारम भरेका थिए, जसमध्ये एक हजार ७६ जना सहभागी भएका थिए।
  • परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन गरिएको थियो र नतिजा सम्भवत ऐतिहासिक रेकर्ड कायम गरेको छ।

१९ साउन, काठमाडौं । चिकित्सकको विशेष परीक्षा (स्पेशल एक्जाम)मा ९१.८२ प्रतिशत उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १५ र १६ साउनमा परीक्षा लिएको थियो ।

काउन्सिलका अधिकारीका अनुसार उक्त नतिजाले सम्भवत ऐतिहासिक रेकर्ड कायम गरेको छ । काउन्सिल रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार यसपटकको परीक्षाका लागि कुल एक हजार ७९ जनाले फारम भएका थिए ।

त्यसमध्ये एक हजार ७६ जना सहभागी भए । जसमध्ये ९८८ जना अर्थात ९१.८२ जना उर्तीण भएका छन् । ८८ जना अनुउतीर्ण भए । ४ जनाको नतिजा भने वीथहोल्डमा राखिएको छ ।

यसपटक परीक्षामा कुल ३६ विषयका विद्यार्थीले सहभागिता जनाएका थिए । रजिष्ट्रार डा. देवले अधिंकाश फ्रेस विद्यार्थी भएका नतिजा राम्रो आएको हुनसक्ने बताए ।

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?