
काठमाडौं । एम्बार्क अनम्याथले नेपालमा पहिलो पटक स्कुलभित्रै ‘म्याथ म्युजियम’ कार्यक्रम सुरु गरेको छ । यस नयाँ पहलले गणितलाई पाठ्यपुस्तकबाट बाहिर निकालेर व्यावहारिक सिकाइमा लैजाने जनाइएको छ ।
एम्बार्क अनम्याथका अनुसार यो कार्यक्रमले विद्यालयहरूलाई जीवन्त गणित केन्द्रमा परिणत गर्छ जहाँ विद्यार्थीहरूले गणितीय अवधारणालाई छुन, निर्माण गर्न र त्यससँग अन्तर्क्रिया गर्न सक्छन् । यसले जिज्ञासा जगाउँछ र विद्यार्थी नेतृत्वको सिकाइलाई बढावा दिन्छ ।
कार्यक्रमबारे जानकारी दिँदै एम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठिजाले भने, ‘हामीले म्याथ म्युजियम मार्फत गणित भनेको पानामा लेखिएका संख्यामात्र नभई यो आकार, कथा र सम्भावनाबारे हो भनेर देखाउन चाहन्छौं । जब विद्यार्थीहरूले यस विषयलाई बुझेर अन्वेषण गर्न सक्छन्, तब उनीहरूले जताततै गणित देख्न थाल्छन् । हाम्रो विश्वास छ कि यो कार्यक्रमले विद्यार्थीहरूको सिकाइसँगको सम्बन्धलाई नै बदल्ने छ ।’
यो कार्यक्रमले विद्यार्थीहरूलाई गणितसँग राम्रो सम्बन्ध बनाउन मद्दत गर्छ । साथै, शिक्षकहरूलाई नयाँ र उपयोगी सिकाउने तरिका पनि दिने एम्बार्क अनम्याथको भनाइ छ ।
यसमा सहभागी विद्यालयहरूको पनि महत्त्वपूर्ण भूमिका रहेको छ, जसमार्फत एम्बार्क अनम्याथसँग मिलेर प्रतिभाशाली विद्यार्थीहरूको क्षमता देख्न सकिन्छ र सामुदायिक कार्यक्रमहरू आयोजना गरी अन्तर्क्रियात्मक प्रदर्शनीका लागि छुट्टै ठाउँ दिन्छन् ।
यो कार्यक्रम सकिएपछि पनि एम्बार्क अनम्याथले निरन्तर सहयोग गर्ने जनाएको छ । म्याथ म्युसियम जस्ता कार्यक्रमलाई विद्यालयको सिकाइको स्थायी हिस्सा बनाइ हरेक विद्यार्थीमा गणितप्रतिको आजीवन माया जगाउने वातावरण सिर्जना गर्ने एम्बार्क अनम्याथले आशा गरेको छ ।
प्रतिक्रिया 4