
News Summary
Generated by OK AI. Editorially reviewed.- मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।
- कम्पनीले ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्नेछ।
- वैदेशिक रोजगारमा रहेका व्यक्तिलाई १० प्रतिशत सेयर पहिलो चरणमा खुल्नेछ र आवेदन भदौ १ गतेसम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत दिन सकिनेछ।
२० साउन, काठमाडौं । मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीको साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो ।
जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुने छ । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २ सय कित्ता सेयर खुल्नेछ ।
अनलाइन प्रणाली मेरोसेयरमार्फत उनीहरुले छिटोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा भदौ ११ गतेसम्म आवेदन खुल्नेछ ।
वैदेशिक रोजगारमा रहेकालाई यो सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि खुल्नेछ । क्रेडिट कम्पनी इन्फोमेरिक्स रेटिङबाट कम्पनीले बी प्लस रेटिङ पाएको छ । रेटिङमा एएए देखि डी सम्मको संकेत प्रदान गरिन्छ । जसमा एएएले सबैभन्दा राम्रो र डीले सबैभन्दा कमजोर स्थिति देखाउँछ ।
कम्पनीको वित्तीय स्थिति भने कमजोर छ । गत आर्थिक वर्षसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी जम्मा ५९ पैसा छ । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ छ ।
उत्पादन तथा प्रशोधन समूहको यस कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया 4