+
+
Shares

रोजगारदाताले अब ‘श्रम संसार रोजगार पोर्टल’मा अनिवार्य रूपमा विज्ञापन राख्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले वैदेशिक रोजगारसम्बन्धी सबै विज्ञापनहरू 'श्रम संसार रोजगार पोर्टल' र 'श्रम संसार एप'मार्फत अनिवार्य अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
  • विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा २२(३) र नियमावली २०६४ को नियम ७ अनुसार विज्ञापन राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुपर्ने व्यवस्था यथावत राख्दै अनलाइन प्रकाशन अनिवार्य बनाएको छ।
  • अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

२० साउन, काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रम इजाजत सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि रोजगारदाताहरूले राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्दा सोही विज्ञापनलाई मन्त्रालयको ‘श्रम संसार रोजगार पोर्टल’ र ‘श्रम संसार एप’ मा पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ ।

विभागले एक सूचना जारी गर्दै श्रम ऐन, २०७४ को दफा २२ को उपदफा (३) तथा श्रम नियमावली, २०७५ को नियम ७ बमोजिम यो नयाँ व्यवस्था गरिएको जानकारी दिएको हो । यो व्यवस्था नेपाल सरकारको ‘नागरिक एप’ सँग समेत आबद्ध गरिएको छ ।

विभागका निर्देशक मणिनाथ गोपका अनुसार रोजगारदाताले आफूलाई आवश्यक परेको दक्ष श्रमिकका लागि पहिले राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्नेछ ।

यदि त्यसरी विज्ञापन गर्दापनि तोकिएबमोजिम नेपाली नागरिकबाट दरखास्त नआएमा वा योग्य उम्मेदवार छनोट हुन नसकेमा, त्यसको प्रमाणसहित मात्रै विदेशी श्रमिकलाई काममा लगाउन श्रम इजाजतका लागि विभागसमक्ष निवेदन दिन सकिनेछ ।

नेपाली नागरिकलाई रोजगारीमा प्राथमिकता दिने उद्देश्यले यो कदम चालिएको हो । साथै, श्रम नियमावली, २०७५ को नियम ७ को उपनियम (३) बमोजिमको विज्ञापनलाई मन्त्रालयको रोजगार पोर्टलमा समेत राख्नुपर्ने व्यवस्था गरिएकाले अब सबै रोजगारदाताले अनिवार्य रूपमा यो नियम पालना गर्नुपर्नेछ ।

हेर्नुहोस् वैदेशिक रोजगार :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?