
News Summary
Generated by OK AI. Editorially reviewed.- सबिन राई एण्ड द फारोहले अमेरिकाको सांगीतिक भ्रमण औपचारिकरुपमा सुरु गरेको छ।
- ब्याण्डले कोलोराडो, टेक्सास र नर्थ क्यारोलिनामा प्रस्तुति दिइसकेको छ।
- भ्रमणमा ८ अगस्टदेखि २० सेप्टेम्बरसम्म विभिन्न अमेरिकी शहरमा प्रस्तुति दिने कार्यक्रम छ।
काठमाडौं । ‘सबिन राई एण्ड द फारोह’ले औपचारिकरुपमा अमेरिकाको सांगीतिक भ्रमण थालेको छ ।
ब्याण्डले गतसाता कोलोराडोको डेनभर, टेक्सासको ड्यालस र नर्थ क्यारोलिनाको चार्लोटीमा सांगीतिक प्रस्तुति दिइसकेको छ । ड्यालसमा ‘के गरिरा फेस्ट’मा ब्याण्ड गुञ्जिएको थियो ।
उक्त फेस्टमा अर्को सांगीतिक समूह ‘पूर्ण राई एण्ड दाजुभाईहरू’ले पनि प्रस्तुति दिएको थियो ।
‘सबिन राई एण्ड द फारोह’ले ८ अगस्टमा म्यासाचुसेट्सको बोस्टनमा ब्याण्डले प्रस्तुति दिनेछ ।
९ अगस्टमा ओहायाको सिनसिटआटी, १५ अगस्टमा टेक्सासको अस्टिन, १६ अगस्टमा इलिनियोसको सिकागो, २३ अगस्टमा पेन्सिलभेनियाको ह्यारिसबर्ग, ५ सेप्टेम्बरमा मिनिसोटाको मिनिआपोलिसमा ब्याण्डले प्रस्तुति दिनेछ ।
६ सेप्टेम्बरमा मेरिल्याण्डको सिल्भर स्प्रिङ, १२ सेप्टेम्बरमा जर्जियाको एटलान्टा, १४ सेप्टेम्बरमा न्यूयोर्क सिटी, १९ सेप्टेम्बरमा लस एन्जलस र २० सेप्टेम्बरमा सन फ्रान्सिस्कोमा प्रस्तुति दिने कार्यक्रम छ ।
ब्याण्डको वर्तमान लाइनअपमा सविन राई मुख्य गायक, गितारमा जोन श्रेष्ठ, निकेश केसी गितार, बासमा जीवन लामा, ड्रम्स र समूह व्यवस्थापक छन् ।
अमेरिका प्रस्थान गर्नुअघि ब्याण्डले नयाँ रकगीत ‘मलाई थाहा छ’ सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया 4