+
+
Shares

गुन्द्रुकको भाउ घट्यो, किलोको कति ?

हिजो सोमबारको तुलनामा आज मंगलबार प्रतिकिलो ३५ रुपैयाँ घटेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गुन्द्रुकको भाउ मंगलबार प्रतिकिलो ३ सय २५ रुपैयाँबाट २ सय ९० रुपैयाँमा घटेको छ।
  • कालीमाटी बजारका व्यवसायीहरूले काभ्रे, धादिङ, नुवाकोट, इलाम र पोखराबाट गुन्द्रुक ल्याएर बिक्री गरिरहेका छन्।
  • गुन्द्रुक अहिले साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र अनलाइन सपिङ प्ल्याटफर्ममा प्याकेजिङ र लेबल सहित बिक्री भइरहेको छ।

२० साउन, काठमाडौं । स्थानीय बजारमा गुन्द्रुकको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आज मंगलबार गुन्द्रुकको भाउ घटेको देखाएको हो ।

समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा गुन्द्रुक प्रतिकिलो थोकमा २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो सोमबार भने गुन्द्रुक प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भएको थियो । हिजो सोमबारको तुलनामा आज मंगलबार प्रतिकिलो ३५ रुपैयाँ घटेको हो ।

कालीमाटी बजारका व्यवसायीहरू पहाडी जिल्लाबाट बढी मात्रामा गुन्द्रुक बजारमा आइरहेको बताउँछन् । यहाँका व्यापारीले काभ्रे, धादिङ, नुवाकोट, इलाम, पोखरा लगायत ठाउँबाट ल्याएर गुन्द्रुक बेच्ने गरेका छन् ।

विगतमा खासै वास्ता नगरिने गुन्द्रुक अहिले साना पसलदेखि ठूला डिपार्टमेन्टल स्टोर र मार्टमा प्याकेजिङ र लेबल सहित बिक्री भइरहेका छन् । त्यसमाथि अनलाइन सपिङ प्ल्याटफर्ममा पनि दर्जनौं ‘भेराइटी’ का गुन्द्रुक अर्डर गर्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?