+
+
Shares

युट्युबमा म्युजिक कम्पनी टी-सिरिजका सब्सक्राइबर ३० करोड नाघे

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय सांगीतिक कम्पनी टी सिरिजको युट्युबमा सब्सक्राइबर संख्या सोमबार ३० करोड नाघेको छ।
  • टी सिरिजले फेसबुकमा 'हामी संगीतको विश्वव्यापी भाषा बनेका छौं' भनी आभार व्यक्त गरेको छ।
  • टी सिरिज १० करोड र २० करोड सब्सक्राइबर पार गर्ने विश्वकै पहिलो युट्युब च्यानल हो भने मिस्टर बिस्टको संख्या ४२ करोड पुग्न लागेको छ।

मुम्बई । भारतको चर्चित सांगीतिक कम्पनी टी सिरिजलाई युट्युबमा पछ्याउनेको संख्या सोमबार ३० करोड नाघेको छ ।

आफ्ना सब्सक्राइबर संख्या ३०० मिलियन पुगेपछि टी सिरिजले दर्शकप्रति आभार व्यक्त गरेको छ ।

फेसबुकमा टी सिरिजले लेखेको छ, ‘भारतका सडकदेखि विश्वका पर्दासम्म- हामी संगीतको विश्वव्यापी भाषा बनेका छौं । सुन्नुभएकोमा, माया गर्नुभएकोमा, विश्वास गर्नुभएकोमा र यो यात्राको हिस्सा बन्नुभएकोमा धन्यवाद ।’

टी सिरिज १० करोड र २० करोड सब्सक्राइबरको आँकडा पार गर्ने विश्वकै पहिलो युट्युब च्यानल हो । तर, विश्वमा सर्वाधिक युट्युब सब्सक्राइब हुने च्यानल चाहिँ मिस्टर बिस्ट हो ।

मिस्टर बिस्टलाई अमेरिकी कन्टेन्ट क्रिएटर जिम्मी डोनाल्डसनले चलाउँछन् । मिस्टर बिस्टको सब्सक्राइबर संख्या ४२ करोड पुग्न लागेको छ ।

टी सिरिज भारतसहित विश्वभर चर्चित छ । हिन्दी गीत स्ट्रिमिङ गर्दै आएको यो च्यानलले पछिल्लो समय केही नेपाली कलाकारको हिन्दी गीतलाई पनि रिलिज गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?