+
+
Shares

‘कोशेढुङ्गा’को प्रेमिल गीत ‘भंगेरा भगेरी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १४:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘कोशोढुङ्गा’को नयाँ गीत ‘भंगेरा भगेरी’ सार्वजनिक भएको छ जसमा प्रेमिल भाव र जीवनका आवश्यकतालाई प्रस्तुत गरिएको छ।
  • गीतमा रिदम कँडेल र बेनिशा पौडेलले गायन गरेका छन् भने सुरक्षा पन्त र मञ्जिलकुमारले अभिनय गरेका छन्।
  • सरोज पौडेल निर्देशित यो फिल्म भदौ १२ गतेदेखि नेपालसहित ४२ भन्दा बढी देशमा एकसाथ प्रदर्शन हुने तयारीमा छ।

काठमाडौं । फिल्म ‘कोशोढुङ्गा’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माताले मंगलबार प्रेमिल गीत ‘भंगेरा भगेरी’ ल्याएका हुन् ।

प्रेमजोडीले एकअर्काबिना बाँच्न नसक्ने भाव पेश गरिएको यो गीतले कथा र चरित्र चित्रणलाई समेत दर्शाएको छ । जिन्दगी बिताउन पैसा पनि चाहिन्छ भन्ने भाव यसमा छ ।

भँगेरा र भँगेरीको मायालाई विम्व बनाइएको यो गीत दर्शकलाई रुचिकर हुनसक्छ । गीतमा रिदम कँडेल र बेनिशा पौडेलको गायन छ भने संगीत कँडेलकै छ । शब्दरचना विदुर तिमल्सिनाको छ । (देवदूत)को छ ।

गीतमा कलाकार सुरक्षा पन्त र मञ्जिलकुमारको अभिनय छ । यसअघि, सार्वजनिक भएको ‘नत्र भने जिन्लगी व्यर्थ छ’ अहिले टिकटकमा हिट छ ।

सरोज पौडेल निर्देशित यो फिल्म भदौ १२ गतेदेखि प्रदर्शन तयारीमा छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य फिल्म निर्माण भएको हो ।

निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?