+
+
Shares

‘गर्लफ्रेन्ड’सँग घुम्न जान भन्दै आर्थिक सहयोग माग, भित्ताभित्तामा पोस्टर

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जयपुर शहरमा राहुल प्रजापत नामक युवकले \'गर्लफ्रेन्ड\'सँग घुम्न जान आर्थिक सहयोग माग्दै क्यूआर कोडसहित पोस्टर टाँसेका छन्।
  • क्यूआर कोड स्क्यान गरेर केही व्यक्तिले पैसा पनि पठाएका छन्, तर उनको उद्देश्य चर्चा कमाउन वा ठगी गर्ने हो कि होइन भन्ने खुल्न बाँकी छ।

विभिन्न समस्यामा परेका व्यक्तिले आर्थिक सहायता माग गरेको हामीले धेरै देखेका छौँ । प्रायगरी रोग लागेर उपचार गर्न नसक्नेहरूले सहयोग माग्ने प्रचलन धेरै देखिन्छ ।

कुनै विपदमा परेका व्यक्तिका लागि, आर्थिक अभावमा पढ्न नसक्नेका लागि, कुनै सामूहिक कामका लागि सहयोग उठाउने गरेको हामीलाई थाहा छ । तर एक युवकले आफ्नी ‘गर्लफ्रेन्ड’सँग घुम्न जानका लागि भन्दै आर्थिक सहयोग मागेका छन् । उनले ‘गर्लफ्रेन्ड’सँग घुम्न जानुछ, ‘हेल्प मी’ भन्दै सडकका पोल तथा भित्ताहरूमा क्यूआर कोडसहित पोस्टर टाँसेका छन् ।

घटना भारतको राजस्थानस्थित जयपुर शहरको हो । शहरको पत्रिका गेट, वर्ल्ड ट्रेड पार्क, गौरव टावर सीटी जस्ता पर्यटकीय क्षेत्रमा यस खालका पोस्टर टाँसिएको छ । यसरी टाँसिएका पोस्टरको फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राखिएका छन् । त्यो निकै भाइरल पनि भइरहेको छ ।

क्यूआर कोड स्क्यान गरेर केही व्यक्तिहरूले त्यसमा पैसा पनि हालिदिएका छन् । क्यूआर कोड स्क्यान गर्दा राहुल प्रजापत नाम देखिएकाले उनैले पोस्टर टाँसेको अनुमान छ । उनले पञ्जाब बैंकमा रहेको आफ्नो खातामा सहयोग मागेका छन् ।

ती युवाले चर्चा कमाउन यसो गरिरहेका छन् वा मान्छेलाई भावनात्मक ब्ल्याकमेलिङ गर्दै ठगी गरिरहेका छन् भन्नेबारे खुलेको छैन ।

ती व्यक्तिको यो हर्कतबारे समाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । यो हर्कतलाई धेरैले मजाक उडाइरहेका छन् ।

‘कसैले प्रेम गर्ने अनि खर्चदेखि डराएर भीख माग्ने ?’ भन्दै प्रश्न गरेका छन् ।

कसैले भने ‘प्रेमका लागि मेहनत गरिरहेको’ पनि भनेका छन् । संसारमै कसैले नगरेको काम गरेको भन्दै यिनलाई नोबेल पुरस्कार दिनुपर्ने भन्दै व्यंग्य गर्नेहरू पनि छन् ।

आजतकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?