+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संलग्न पक्षले दायित्व पूरा नगर्दा कुलिङ पिरिडयमा गडबडी : छानबिन समिति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १५:४५

२० साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्बन्धी गडबडी छानबिन गर्न बनेको संसदीय समितिले मस्यौदा तयार गर्दा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेको निष्कर्ष निकालेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गर्ने क्रममा समिति सभापति जीवन परियारले प्रतिवेदनको बुँदा पढेर सुनाउँदै यसबारे जानकारी गराएका हुन् ।

उनका अनुसार, विधेयकको मस्यौदा अध्ययन गर्दा मिहीन रुपमा छलफल भएको, प्रतिनिधिसभामा पेस गर्नुअघि सांसदहरूबीच समितिमा छलफल नभएको लगायतका त्रुटि देखिएको छ ।

‘कानुनी तादम्यता के कति कारणले नभएको हो भन्ने सम्बन्धमा अध्ययन गर्दा मिहीन रूपमा दफावार छलफल नगरिएको, परिमार्जन गरिएको प्रतिवेदन सभामा पेस गर्नु अघि समितिका माननीय सदस्यहरूले अन्तिममा हेर्ने र छलफल नगरिएको,’ सांसद परियारले भने, ‘मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको र विधेयक मस्यौदामा मिलाउने जिम्मेवारी भएको कार्यमा संलग्न पक्षहरूले आफ्नो दायित्व पूरा नगरेकोले कानुनी तादम्यता नमिलेको देखियो ।’

संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन सभामा पेस गरेका हुन् ।

गत असार २३ गते समिति गठन भएको थियो । सात सदस्यीय समितिका सभापतिमा परियार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?