
News Summary
Generated by OK AI. Editorially reviewed.- लालपुर्जा नेपाल प्रालिले साउन २३ गते लबिम मलमा 'लालपुर्जा नेपाल प्रोपर्टी एक्सपो' आयोजना गर्ने भएको छ।
- एक्सपो बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ र घरजग्गा खरिद–बिक्रीमा सल्लाह, सेवा सुविधा र छुट उपलब्ध गराइनेछ।
- कार्यक्रममा कानुनी प्रक्रिया, मूल्य निर्धारण, बैंकिङ र गृह ऋणसम्बन्धी जानकारी पनि दिइनेछ र कम्पनीले फिल्डमै सेवा विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
२० साउन, काठमाडौं । रियल इस्टेट ब्रोकर एजेन्सी लालपुर्जा नेपाल प्रालिले यही साउन २३ गते शुक्रबार लबिम मलमा ‘लालपुर्जा नेपाल प्रोपर्टी एक्सपो’ आयोजना गर्ने भएको छ।
घरजग्गा खरिद–बिक्रीमा सजिलो, छरितो र विश्वासिलो सेवा दिनका लागि एक्सपो आयोजना गरिएको कम्पनीले जनाएको छ। बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने एक्सपोमा सहभागीले विशेष सल्लाह, सेवा सुविधा र छुटहरू प्राप्त गर्नेछन्।
कार्यक्रममा घरजग्गा सम्बन्धी प्रत्यक्ष परामर्श, योग्य एजेन्टबाट सल्लाह, कानुनी प्रक्रिया र मूल्य निर्धारणको जानकारी दिइनेछ। साथै सेवा शुल्कमा छुट, घरजग्गा किनबेचमा लाभदायक अफर, रियल इस्टेट करियर काउन्सिलिङ जस्ता सुविधा रहनेछन्।
बैंकिङ र ऋण सम्बन्धी जानकारी पनि एक्सपोमा उपलब्ध हुनेछ, जसमा गृह ऋण, मोर्टगेज, ब्याजदर तुलना जस्ता विषय समेटिनेछन्।
लालपुर्जा नेपालले भविष्यमा शाखा कार्यालय सीमित नराखी फिल्डमै सेवा पुर्याउने योजना पनि सार्वजनिक गरेको छ। यसले ग्राहकलाई अझ सहज र भरपर्दो सेवा दिन सहयोग गर्ने कम्पनीको विश्वास छ।
लालपुर्जा नेपाल प्रा. लि. नेपालकै एक प्रतिष्ठित र अग्रणी रियल स्टेट (जग्गा/जमिन) ब्रोकर एजेन्सी हो । देशभर पाँच शाखा र ५० भन्दा बडी समर्पित सदस्य रहेको टिमका साथ, लालपुर्जा नेपालले पारदर्शिता र इमानदारीसाथ सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले अनुभवी कानुन व्यवसायीहरूमार्फत कानुनी परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4