+
+
Shares

तीन जिल्लाबाट २२ ट्रान्सफर्मर चोरी, १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १६:२५

२० साउन, विराटनगर । गत माघ यता झपा मोरङ र सुनसरीमा ट्रान्सफर्मर चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ १५ यता मोरङमा ८ स्थान, सुनसरीमा १२ र झापामा २  गरी २२ वटा ट्रन्सफर्मर चोरी भएको थियो । यी चोरीका घटनामा संगल्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ७ जना चोर र ५ जना चोरीको सामान खरिद गर्नेहरू छन् ।

यो समूहले कृषि प्रयोजन र एकान्त स्थानमा राखेको ट्रान्सफर्मर चोरी गर्ने गरेको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विवरण अनुसार मोरङको ग्रामथान गाउँपालिका– ४ का   ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), ग्रामथान– ५ का ३१ वर्षीय इरज धामी, सुनसरी दुहबी नगरपालिका– ३ का ३५ वर्षीय अनुज विश्वास (चौधरी), दुहबी  नगरपालिका – २ का  ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी, मोरङ बेलबारी नगरपालिका – ४ का २६ वर्षीय अर्जुन चौधरी बेलबारी– ३ का २७ वर्षीय रञ्जित तामाङ र देश भारत घर दुहबी नगरपालिका – ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ वर्षीय आलम मिया चोरीमा संगल्न छन् ।

चोरीको सामान भने विराटनगर महानगरपालिका– ३ का  ५३ वर्षीय लक्ष्य प्रधान, मोरङ विराटनगर महानगरपालिका – ६ का   ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, सुनसरी दुहबी नगरपालिका– ३ का  ३२ वर्षीय योगेश अग्रवाल, दुहबी २ का  ३१ वर्षीय कपिल भट्ट, इटहरी उपमहानगरपालिका– ४ का  ३९ वर्षीय सिताराम राईलगायतले खरिद गर्थे । उनीहरू पनि पक्राउ परेका छन् ।

यो गिरोहले २ करोड मूल्य बराबरका २२ वटा ट्रान्सफर्मर चोरी गरेको थियो ।

प्रहरीले चोरीमा प्रयोग  भएका औजार डायल रेन्च थान २२, सलाई रेन्व थान ३, पिलास थान ३, पेचकस थान ३, छिनो थान १, साङली धान १, कैची थान १, ह्याक्सो बिलेट ३ थानलगायत सामान बरामद गरेको छ ।

प्रहरीले चोरीमा प्रयोग भएको ६ वटा मोटरसाइकल पनि बरामद गरेको छ ।

यो गिरोहले  गत माघ  १५ गतेदेखि चोरी गर्दै आएको थियो । साउन  ९ गते मोरङको रंगेली नगरपालिका– ९  इटाभट्टा टोलमा ट्रान्सफर्मर चोरी गर्न गएको समूहका ४२ वर्षीय अर्जुनकुमार थारु पक्राउ परेपछि प्रहरी गिरोहसम्म पुगेको थियो ।  ट्रान्सफर्मर चोरीको गिरोह खोज्नका लागि प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा टोली खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?