
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशका छैठाैं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले २० साउन २०७९ मा पद तथा गोपनीयताको सपथ लिएका छन्।
- प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराएका छन्।
- बानियाँलाई नेपाली कांग्रेस र नेकपा एमालेका ६४ सांसदले समर्थन दिएका छन्।
२० साउन, हेटौंडा । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बागमतीको छैठौं मुख्यमन्त्रीको रूपमा आज मंगलबार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथ गराए । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री समक्ष हिजो सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए । उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ ।
मुख्यमन्त्री बानियाँ मकवानपुर निवासी हुन् । बानियाँ भन्दा अगाडि पाँच जना डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामा बागमती प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् ।
प्रतिक्रिया 4