
२० साउन, काठमाडौं । काठमाडौंस्थित हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले सञ्चालन गरेको निःशुल्क आईयूआई क्याम्प आगामी १५ भदौसम्म विस्तार गरिएको छ ।
यस विशेष क्याम्पमा अहिलेसम्म ३ सयभन्दा बढी दम्पतीले सेवा लिइसकेको र धेरैले सफल गर्भधारण गरेको सेन्टरले जनाएको छ । क्याम्पले थुप्रै परिवारमा नयाँ आशा र खुसी ल्याएको सेन्टरको भनाइ छ ।
हार्दिक आईभीएफ एक आईएसओ प्रमाणित संस्था हो, जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदान गर्दै आएको छ । यहाँका सेवा गुणस्तरीय, सुलभ मूल्यमा उपलब्ध छन् र हालसम्म २ हजारभन्दा बढी दम्पतीले सेवा लिइसकेको सेन्टरले जनाएको छ ।
सेन्टरमा डा. अर्चना शाक्य, डा. निसुमा सेढाईं र डा. स्वेता ढकाल गरी तीन अनुभवी प्रजनन विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
प्रतिक्रिया 4