+

एनपीएल अक्सन : आदिल र शरदसहित ८ खेलाडी ‘ए क्याटेगोरी’मा

२०८२ साउन  २१ गते १२:४१ २०८२ साउन २१ गते १२:४१
एनपीएल अक्सन : आदिल र शरदसहित ८ खेलाडी ‘ए क्याटेगोरी’मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग २०२५ को अक्सनका लागि सार्वजनिक अन्तिम सूचीमा ८ खेलाडीहरू ए क्याटेगोरीमा समावेश भएका छन्।
  • ए क्याटेगोरीमा आदिल आलम, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, सुनाम गौतम, दिलिप नाथ, अर्जुन साउद र सूर्य तामाङ छन्।
  • एनपीएलको मिनी अक्सन यही शनिबार हुँदैछ र ए क्याटेगोरीका खेलाडीको मूल्य १५ लाख तोकिएको छ।

२१ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को अक्सनका लागि सार्वजनिक भएको अन्तिम सूचीमा ८ खेलाडीहरू ए क्याटेगोरीमा समावेश भएका छन् ।

बुधबार सार्वजनिक गरिएको अक्सनको अन्तिम नामावलीमा युवा आदिल आलम र भेट्रान शरद भेषावकरसहित ८ खेलाडीहरू ‘ए क्याटेगोरी’मा छन् ।

‘ए क्याटेगोरी’मा आदिल आलम, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, सुनाम गौतम, दिलिप नाथ, अर्जुन साउद र सूर्य तामाङ छन् ।

आदिल पहिलोपटक एनपीएलको अक्सनमा समावेश भएका हुन् भने पवन सर्राफ गत सिजन चल्दा चोटका कारण अक्सनमै समावेश थिएनन् ।

अस्ट्रेलिया बस्दै आएका सुनाम गौतम गत सिजन पोखराको टिममा थिए तर चोटका कारण खेल्न पाएनन् । त्यस्तै शरद भेषावकर चितवन राइनोजको टोलीबाट पहिलो सिजन खेलेका थिए ।

सूर्य तामाङ र अर्जुन साउद पहिलो सिजन लुम्बिनी लायन्समा थिए भने देव खनाल कर्णाली याक्स र दिलिप नाथ पोखरा एभेन्जर्समा थिए ।

एनपीएलको ए क्याटेगोरीका खेलाडीको मूल्य १५ लाख रहेको छ भने बी क्याटेगोरीका खेलाडीको मूल्य १० लाख र सी क्याटेगोरीका खेलाडीको मूल्य ५ लाख छ ।

एनपीएलको मिनी अक्सन यही शनिबार हुँदैछ ।

एनपीएल अक्सन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय