+

एनपीएलको अक्सनका लागि १५० खेलाडीको सूची सार्वजनिक (सूचीसहित)

२०८२ साउन  २१ गते ११:४५ २०८२ साउन २१ गते ११:४५
एनपीएलको अक्सनका लागि १५० खेलाडीको सूची सार्वजनिक (सूचीसहित)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा सहभागी हुने १५० खेलाडीको अन्तिम सुची सार्वजनिक गरेको छ।
  • अक्सनमा सहभागी हुने खेलाडीलाई क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार क्याटेगोरी 'ए' मा ८, 'बी' मा ३५ र 'सी' मा १०७ गरी विभाजन गरिएको छ।
  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सबै ८ टोलीले आ-आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् र अक्सन आगामी शनिबार हुँदैछ।

२१ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सुची सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सुची घोषणा गरेको हो । एनपिएल अक्सनका लागि ४ सय ५८ जनाले आफ्नो नाम दर्ता गराएका थिए ।

क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सुचीमा समावेश गरिएको जनाइएको छ । अक्सन अब आउने शनिबार हुदैछ ।

१५० खेलाडीलाई विभिन्न क्याटेगोरीमा विभाजन गरिएको छ । क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी रहेका छन् ।

एनपीएलको दोस्रो संस्करणका लागि सबै ८ टोलीले आ-आफ्नो रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

अक्सनको पूरा सूची :

एनपीएल अक्सन एनपीएल २०२५
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय