
२१ साउन, काठमाडौं । स्थानीय बजारमा आँपको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार आँपको मूल्य बढेको देखाएको हो ।
कालीमाटी बजारमा अहिले मालदह, दसहरी र चोसा लगायत आँप किन्न पाइन्छ । अब भने आँपको सिजन पनि सकिन लागेको छ । व्यवसायीहरू बजारमा आँपको आपूर्ति कम हुँदै गएकाले मूल्य बढिरहेको बताउँछन् ।
आज बुधबार मालदह र दसहरी आँप प्रतिकिलो थोकमा समान १३–१३ रुपैयाँ बढेको छ । यस्तै चोसा आँप प्रतिकिलो थोकमा १० रुपैयाँ बढेको छ ।
आज मालदह र दसहरी आँप प्रतिकिलो १ सय ९३ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै चोसा आँप प्रतिकिलो १ सय ६५ रुपैयाँमा किनबेच भएको तथ्यांकले देखाउँछ ।
हिजो मंगलबार भने मालदह र दसहरी आँप प्रतिकिलो १ सय ८० रुपैयाँमा किनबेच हुँदा चोसा आँप १ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।
साउन पहिलो साता आँप प्रतिकिलो औसतमा १ सय २५ रुपैयाँसम्म किनबेच भएको थियो ।
यस्तै असार दोस्रो साता भने मालदह आँप प्रतिकिलो ७६ रुपैयाँ र दसहरी आँप प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया 4