+
+
Shares

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट हुँदा सेनाका मेजरसहित ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १३:५५
Photo Credit : BBC World Service

काठमाडौं । पाकिस्ताको बलुचिस्तान  प्रान्तको मस्तुङ जिल्लामचाच मंगलबार राति भएको बम विष्फोटमा पाकिस्तानी सेनाका एक मेजरसहित कम्तीमा तीन जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

घटना कुर्दगाप तहसिल काली पसंद खान नजिकै भएको थियो । एक वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार अज्ञात हतियारधारी समूहले सो ठाउँमा विष्फोटक पदार्थ राखेको थियो । सेनाको सवारीसाधन सोही स्थान भएर गइरहेको अवस्थामा विष्फोट भएको थियो ।

विष्फोटमा सेनाको एउटा गाडी ठोक्किएको थियो, जुन  सवारीसाधनमा सेनाका मेजर र अन्य दुई जना सैनिकको मृत्यु भएको हो । अन्य तीन जना घाइते भएका छन् ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरका अनुसार यस आक्रमणको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

यस आक्रमणको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?