+
+
Shares

पशुपति शर्मा चढेको कार दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक पशुपति शर्मा सवार ग १ च ४१७१ नम्बरको कार स्याङ्जा भीरकोट नगरपालिका–२ मा दुर्घटना भएको छ।
  • कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो र गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ।
  • कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको र कारमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

काठमाडौं । गायक पशुपति शर्मा सवार कार दुर्घटना भएको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका–२ मा कार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले सामान्य दुर्घटना भएको अनलाइनखबरलाई बताए ।

उनका अनुसार पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भएर कल्भर्टमा ठोक्किएको थियो ।

कारमा सवार ४ जनालाई ठूलो चोट नलागेको डीएसपी न्यौपानेले जनाए । गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ । कारमा सामान्य क्षति पुगेको छ ।

गायक शर्मा सांगीतिक कार्यक्रमको लागि स्याङ्जा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?