
News Summary
Generated by OK AI. Editorially reviewed.- अष्ट्रेलियामा चाडबाडको अवसरमा दिदीबहिनी इभेन्ट्सले ३५ वटा 'दिदीबहिनी तीज' कार्यक्रम आयोजना गर्ने भएको छ।
- सिड्नीको इन्द्रेणी फङ्सन सेन्टरमा अगस्ट १६ मा विशेष प्रस्तुति हुने आयोजक बिन्दु पौडेलले बताउनुभयो।
- कार्यक्रममा रामजी खाँण, शान्तारानी परियार लगायत कलाकार सहभागी हुने र भिसा प्रक्रियामा इडियू कनेक्स कन्सल्टेन्सीले सहयोग गरेको छ।
सिड्नी । चाडबाड आउन थालेपछि अष्ट्रेलियामा सांगीतिक कार्यक्रम पनि धमाधम आयोजना हुन थालेका छन् ।
यसबीच, लामो समयदेखि विभिन्न कार्यक्रम गर्दै आएको दिदीबहिनी इभेन्ट्सले ‘दिदीबहिनी तीज’ नामक कार्यक्रम गर्ने भएको छ ।
आयोजक तथा गायिका बिन्दु पौडेलका अनुसार ‘दिदीबहिनी तीज’को अष्ट्रेलियाभर ३५ शो संचालन हुने भएको छ ।
‘यसपटक यो कार्यक्रम निकै भव्य र सभ्य गर्न हामीले कुनै कसर बाँकी राखेका छैनौं । कार्यक्रममा पनि दर्शकको सहभागिता भब्य हुने बिश्वास हामीले लिएका छौं’ सिड्नीको कार्यक्रमको प्रमुख प्रायोजक फिन कनेक्स फाइनान्सियलका विष्णु अर्यालले भने ।
अष्ट्रेलियाका विभिन्न सहरसँगै कार्यक्रमको विशेष प्रस्तुति भने अगस्ट १६ मा सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना जनाइएको छ ।
कार्यक्रममा सहभागि हुन रामजी खाँण, शान्तारानी परियार, सम्झना भण्डारी, सम्झना लामिछाने मगर, श्याम राना, लक्ष्मी मल्ल, श्रीकृष्ण बम मल्ल, पार्वती जिसी र चोलेन्द्र पौडेल लगाउत आउनेछन् ।
कलाकारको भिसा प्रक्रियामा इडियू कनेक्स कन्सल्टेन्सी एण्ड माइग्रेसन सघाएको हो ।
प्रतिक्रिया 4