+
+
Shares

युवतीलाई अपहरण गरी सामूहिक बलात्कार आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सा प्रहरीले अपहरण तथा बलात्कार आरोपमा नेक महमद र अफताब अन्सारीलाई वीरगञ्जबाट पक्राउ गरेको छ।
  • उनीहरूले २० वैशाख २०८२ मा पीडितलाई अपहरण गरी गणेश होटलमा बलात्कार गरेको प्रहरीले जनाएको छ।
  • पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत पर्साबाट ५ दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

२१ साउन, काठमाडौं । अपहरण तथा शरीर बन्धक गरी बलात्कार गरेको आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक बहुदरमाई नगरपालिका–२ सिसियारी घर भएका ४० वर्षीय नेक महमद र सोही वर्कसपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले पीडितलाई अपहरण गरी गणेश होटल एन्ड लजमा पुर्‍याएर २० वैशाख २०८२ मा बलात्कार गरेको जनाएको छ ।

यसका साथै पर्सा घडिअर्वा पोखरीको गल्लीमा गत २३ वैशाख बिहान छाडेर फरार भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरूविरुद्ध अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?