+
+
Shares

भारतीय विदेश सचिव भदौमा काठमाडौं आउँदै

भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणलाई प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते ८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय विदेश सचिव विक्रम मिश्री आगामी भदौ १ गते काठमाडौं आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
  • मिश्रीले नेपाल बसाइको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेट्ने तय भएको छ।
  • प्रधानमन्त्री ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन् र मिश्रीको भ्रमणलाई त्यसैको तयारीसँग जोडेर हेरिएको छ ।

२२ साउन, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी अगष्ट १७ अर्थात् आगामी भदौ १ गते काठमाडौं आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने तय भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले बताउँछ ।

प्रधानमन्त्री केपी शर्मा ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने तयारी छ ।

साउनको सुरुवातमा प्रधानमन्त्री कार्यालय स्रोतले ओलीको आसन्न भारत भ्रमण भदौ ३१ मा हुने जनाएको थियो ।

‘मिश्री नेपाल आएका बेला प्रधानमन्त्रीको भारत भ्रमण लगायत दुई पक्षीय सम्बन्धका विविध विषयमा छलफल हुन्छ,’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?