
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने १८ वर्षीय केटा साथीको घरमा गएकी १८ वर्षीया किशोरीको बेहोस भएर किष्ट अस्पतालमा मृत्यु भएको छ।
- काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी चक्रराज जोशीले पाण्डेलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको बताए।
- मृतक किशोरी र पाण्डे प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको भनाइ छ र शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ।
२२ साउन, काठमाडौं । केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।
सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।
अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ । किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । मृतक किशोरी पनि १८ वर्षकै रहेको प्रहरीले बताएको छ ।
उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4