+
+
Shares

लिङ्देन पक्षको बैठक बत्तिसपुतलीमा जारी, असन्तुष्ट पक्षलाई बोलाइएन

अध्यक्ष लिङ्देनका निर्णय विरुद्ध अर्को पक्षको बैठक बस्ने तथा पटक पटक विज्ञप्ति निकाल्न थालेपछि संस्थापन पक्ष पनि छलफलमा जुटेको हो । महामन्त्री डा.धवलशमसेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षको बैठक बस्दै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १७:३१

२२ साउन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संस्थापन पक्षको बैठक जारी रहेको छ । बत्तिसपुतलीस्थित होटल तपसमा अध्यक्ष राजेन्द्र लिङ्देन पक्षको बैठक बसिरहेको छ ।

अध्यक्ष लिङ्देनका निर्णय विरुद्ध अर्को पक्षको बैठक बस्ने तथा पटक पटक विज्ञप्ति निकाल्न थालेपछि संस्थापन पक्ष पनि छलफलमा जुटेको हो । महामन्त्री डा.धवलशमसेर राणाको नेतृत्वमा असन्तुष्ट पक्षको बैठक बस्दै आएको छ ।

लिङ्देन पक्षले आव्हान गरेको बैठकमा असन्तुष्ट नेताहरुलाई बोलाइएको छैन । संस्थापनइतरका एक नेताले भने,‘बैठक बसिरहेको भन्ने सुनेका छौं । हामीलाई खबर गरिएको छैन ।’

मुकुन्दश्याम गिरी, नवराज सुवेदी, सगुन लावती, धनसुर शाहीलगायतलाई अध्यक्ष लिङ्देनले पदमुक्त गरेपछि पार्टीभित्र विवाद बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?