
२२ साउन, काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट (सीए) शेषमणि दाहालद्वारा लिखित ‘द पर्पल बुक अफ ट्याक्स’ को आठौंं संस्करण बजारमा आएको छ ।
कर क्षेत्रमा लोकप्रिय यो पुस्तक विगत आठ वर्षदेखि हरेक वर्ष परिमार्जन सहित प्रकाशन हुँदै आएको छ । यस पुस्तकमा आर्थिक ऐन २०८२ ले संशोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐनका विशेषता अद्यावधिक गरिएको छ । पुस्तकमा नेपाली तथा अंग्रेजी दुवै भाषामा विषयवस्तु समावेश गरिएको छ ।
आर्थिक ऐनमार्फत लगाइएका सम्पूर्ण कर, महसुल, दस्तुर, शुल्क तथा रोयल्टीका साथै आर्थिक ऐन २०८२ मार्फत करमा दिइएका छुट तथा सहुलियत समेत छट्टाछुट्टै यही पुस्तकमा समावेश गरिएको छ ।
आयकर तथा मूल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्या ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारण पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालले व्यक्त गरे ।
यस पुस्तकमा आन्तरिक राजस्व विभागले जारी गरेका परिपत्र, पूर्वादेश, सर्वोच्च अदालत तथा राजस्व न्यायाधीकरणले गरेका महत्त्वपूर्ण व्याख्या तथा फैसलालाई ऐनका दफासँगै मिलाएर राखिएको लेखक दाहालले जानकारी दिए ।
पुस्तक दराज अनलाइन सप तथा किताब यात्रामार्फत ग्राहककै ठेगानामा डेलिभरी गर्ने सुविधा रहेको दाहालले जानकारी दिए । त्यसैगरी उपत्यकाभित्र तथा उपत्यका बाहिरका मुख्य सहरका प्रमुख स्टेसनरी पसलमा पनि यो पुस्तक उपलब्ध रहेको उनले बताए ।
प्रतिक्रिया 4