
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रले नेकपा विप्लवसँग पार्टी एकता गर्न वार्ता समिति बनाउने निर्णय गरेको छ।
- माओवादी स्थायी कमिटी बैठकले समाजवादी मोर्चाका अन्य पार्टीसँग सहकार्य बढाउने निर्णय पनि गरेको छ।
२३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकता गर्न समिति बनाउने भएको छ ।
१६ साउनदेखि १९ साउनसम्म काठमाडौंमा बसेको माओवादी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
‘बैठकले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने त्यसको लागि पहल गर्न वार्ता समिति बनाउने निर्णय सर्वसम्मत रूपले गरिएको छ,’ माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरमा उल्लेख छ ।
यस्तै बैठकले समाजवादी मोर्चामा आवद्ध अन्य पार्टीहरू लगायत अन्य समान विचार भएका पार्टीसँग समेत सहकार्य बढाउँदै एकतासम्म पुग्न पहल गर्ने निर्णयसमेत गरेको सर्कुलरमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4