+

रवीन्द्र र म फरक विधाका खेलाडी हौं : हिमालयन चितुवा अविरल

२०८२ साउन  २३ गते १७:२९ २०८२ साउन २३ गते १७:२९
रवीन्द्र र म फरक विधाका खेलाडी हौं : हिमालयन चितुवा अविरल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली किकबक्सिङ खेलाडी अविरल घिमिरेले एमएमए फाइटर रविन्द्र ढाँटसँग तुलना गर्नु उपयुक्त नभएको स्पष्ट पारेका छन्।
  • अविरलले रविन्द्रलाई MFN टाइटल जितेकोमा बधाई दिँदै दुवैले फरक खेल र तौल समूहमा प्रतिस्पर्धा गर्ने बताएका छन्।
  • रविन्द्र ढाँटले भारतमा म्याट्रिक्स फाइट नाइटमा बान्टमवेट च्याम्पियनसिपको टाइटल जितेका छन्।

२३ साउन, काठमाडौं । नेपाली किकबक्सिङ खेलाडी अविरल घिमिरे (हिमालयन चितुवा) ले एमएमए फाइटर रविन्द्र ढाँट र आफू फरक–फरक खेलमा प्रतिस्पर्धा गर्ने खेलाडी भएको स्पष्ट पारेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालमा अविरल र रविन्द्रबीच प्रतिस्पर्धा गराइनु पर्ने माग उठिरहेका बेला उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आफूहरूबीच तुलना गर्नु उपयुक्त नहुने बताएका हुन्।

‘एमएमए र किकबक्सिङ दुई फरक खेल हुन्, र हामी फरक तौल समूहमा पनि पर्छौं’ भन्दै उनले आफू र रविन्द्रको भिडन्तको चर्चा भइरहे पनि त्यो व्यवहारिक नभएको संकेत गरेका छन्।

अविरलले MFN टाइटल जितेका रविन्द्रलाई बधाई दिँदै लेखेका छन्, ‘रविन्द्र दाइलाई हालैको एमएफएन टाइटल जितेकोमा ठूलो सम्मान। अर्को नेपाली खेलाडीलाई ठूलो मञ्चमा चम्किएको देख्दा गर्व लाग्छ।’

उनले थप लेखेका छन्, ‘हामी दुवै जनाले आ–आफ्नो तरिकाले नेपाललाई प्रतिनिधित्व गरिरहेका छौं। एकअर्कालाई समर्थन गर्दै नेपाली कम्ब्याट स्पोर्ट्सलाई अझ माथि उठाऔं।’

रविन्द्र ढाँटले केही दिनअघि भारतमा भएको म्याट्रिक्स फाइट नाइटमा भारतका खेलाडीलाई हराउँदै बान्टमवेट च्याम्पियनसिपको टाइटल जितेका थिए ।

रवीन्द्र ढाँट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय