+
+
Shares

पर्वतमा पहिरोले पुर्‍यो जिप

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्वतको मोदी गाउँपालिका–४ क्याङमा शनिबार दिउँसो पहिरोले जिप पुरेको छ।
  • जिप हिलो बाटोमा फसेपछि माथिबाट आएको पहिरोले जिप पुरेको प्रहरी निरीक्षक राम प्रसाद सापकोटाले बताए।
  • घटनामा मानवीय क्षति नभएको र जिप पहिरोबाट उद्धार भइसकेको प्रहरीले जानकारी दिएको छ।

२४ साउन, काठमाडौं । पर्वतको मोदी गाउँपालिका–४ स्थित क्याङ भन्ने ठाउँमा एउटा जिपलाई पहिरोले पुरेको छ ।

पर्वतको लेस्पारबाट कुश्मातर्फ जाने क्रममा उक्त जिप बाटो हिलो भएपछि फसेको थियो ।

सो क्रममा माथिबाट आएको पहिरोले जिप पुरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक (इन्सपेक्टर) राम प्रसाद सापकोटाका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

‘जिप फसेपछि त्यहाँ भएका मान्छेहरू सुरक्षित स्थानमा सर्नुभएको थियो,’ सापकोटाले भने, ‘केहीबेरमा माथिबाट पहिरो आएर जिप पुरिएको थियो ।’

उनका अनुसार, घटना शनिबार दिउँसोको हो । अहिले जिप पहिरोबाट उद्धार भइसकेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?