
फाइल तस्वीर
२४ साउन, काठमाडौं । बाग्लुङबाट झापा जाँदै गरेको बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
सप्तरीको अग्नीसाइर कुष्णासवरन गाउँपालिका–२ चाँदनी चोकस्थित सडकमा बस दुर्घटनामा परेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार प्र १–०१–००१ ख ४५६० नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा ६८ वर्षीय बुदुर चौधरी रहेको प्रहरीले जनाएको छ ।
घटना शनिबार बिहानको हो । चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4