
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'सिटामोल'ले प्रदर्शनको पहिलो दुई दिनमा दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ।
- फिल्मले सशस्त्र युद्धका घाइते र कर्णाली प्रदेशको अवस्था सुक्ष्म रूपमा देखाएको छ।
- कलाकार सौगात मल्ल र बेनिशा हमालले दर्शकको सकारात्मक प्रतिक्रिया पाएर खुशी व्यक्त गरेका छन्।
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘सिटामोल’ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रबार र शनिबार मुलुकमा फिल्मले उत्साहजनक साथ पायो ।
कलाकार सौगात मल्ल र बेनिशा हमाल काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । अधिकांश दर्शकले कथावस्तुले आफूहरुको मन जित्नुका साथै अन्तिमा रुवाएको समेत प्रतिक्रिया दिए ।
शुक्रबार एमाले सम्बद्ध विद्यार्थी संगठनका अध्यक्ष सुजन कडरिया, उपाध्यक्ष अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी लगायतको टिमले पनि ‘सिटामोल’ हेरेको थियो ।
उनीहरुले देशमा ६२/६३ तिरको सशस्त्र युद्धका घाइते योद्धा र कर्णली प्रदेशका जनताले त्यो बेला मात्रै नभई अझै पनि सिटामोलजस्ता साधारण औषधि पनि नपाउने अवस्थालाई सुक्ष्म ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए ।
फिल्मले राज्यलाई कर्णालीको अवस्थाले जस्ताको त्यस्तै देखाएकाले त्यता पनि ध्यान दिन जरुरी भएको सन्देश दिएको बताएका थिए । यो फिल्म सबै नेपालीले हेर्न जरुरी रहेको प्रतिक्रिया अनेरास्ववियुका पदाधिकारीको थियो ।
‘सिटामोल’को शीर्ष पात्रमा एक पूर्वमाओवादी कमान्डरलाई चित्रण गरिएको छ । फिल्मले युद्धको विषयलाई उठान गरेकाले आफूहरूले रिलेट गर्न सकेको र धेरै दृश्यमा भावुक भएको अधिकाशं दर्शकको प्रतिक्रिया छ ।
दर्शकको प्रतिक्रिया सुनेपछि अभिनेता सौगात मल्ल भन्छन्, ‘दर्शक भेट्न् हिँड्नु परेकाले मैले आफै पुर सिनेमा हेर्न पाएको छैन । तर सबैको प्रतिक्रिया सुनेरै खुसी लागेको छ । दर्शकले मन पराइदिनु भयो । भनेपछि हामीले गरेको मिहेनतले रङ पाएको छ ।’ फिल्म हेर्न युवा दर्शक धेरै आएको सौगातले बताए ।
अभिनेत्री बेनिशा हमाल पनि दर्शकको प्रतिक्रियाबाट भावुक छिन । उनले भनिन्, ‘साच्चै भन्नुपर्दा म हिजो रातभरी सुतेकै छैन । कति टेन्सन लागेको थियो । दुईटा सिनेमा एकैपटक प्रदर्शनमा आउँदा कस्तो प्रतिक्रिया आउला भन्ने डर थियो । किनकी मेरो लागि दुईटै सिनेमा उत्तिकै महत्वपूर्ण छ ।’
उनले अघि भन्नि, ‘आज दुइटै सिनेमाले उत्कृष्ट प्रतिक्रिया पाउँदा भावुक भए । अझ विशेषगरी सिटामोललाई मर्मस्पर्शी सिनेमा भएकाले धेरै दर्शकले रुवाएको प्रतिक्रियाले आनन्द मिलेको छ ।’
राजबहादुर सानेको निर्देशनमा निर्माण भएको फिल्ममा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
तुल्सीदेवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको फिल्मको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोलकुमार कार्की र विकासराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।
प्रतिक्रिया 4