+
+
Shares
फ्राइडे रिलिज :

हलमा लागे सिटामोल, मोहर र हलिउडको ‘विपोन्स’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबारदेखि नेपाली फिल्म 'मोहर' र 'सिटामोल'सहित हलिउड फिल्म 'विपोन्स' प्रदर्शनमा आएका छन्।
  • 'सिटामोल' फिल्मले माओवादी कमान्डर चन्द्रबहादुर बुढाको कथा देखाउँछ र सौगात मल्लले मुख्य भूमिका खेलेका छन्।
  • 'मोहर' फिल्मले सुदुरपश्चिमको देउकी प्रथाको कथा प्रस्तुत गर्दै महिला हिंसाविरुद्ध सन्देश दिन्छ।

काठमाडौं । शुक्रबारदेखि नेपाली हलमा ३ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाका ‘मोहर’ र ‘सिटामोल’सहित हलिउडको ‘विपोन्स’ प्रदर्शनमा आएका छन् ।

राजबहादुर साने निर्देशित सोसल ड्रामा ‘सिटामोल’ सशष्त्र द्वन्द्वताकाका एक माओवादी लडाकु कमान्डर चन्द्रबहादुर बुढाको कथा हो । घाइते ऊ परिवारको खुसी र सुखको लागि संघर्ष गर्छ ।

१४२ मिनेट रनटाइमको यो फिल्मको शीर्ष भूमिकामा सौगात मल्लले अभिनय गरेका छन् । बेनिशा हमाल र लोकेन्द्र लेखकको पनि अभिनय छ । कर्णालीको सेटिङमा यो फिल्म बनेको हो ।

ओम प्रतीक निर्देशित फिल्म ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह लगायतको शीर्ष भूमिका छ । सुदुरपश्चिमको देउकी प्रथाको कथा भन्ने फिल्मले महिला हिंसाविरुद्धको सन्देश दिन्छ ।

१३८ मिनेट रनटाइमको यो फिल्म सोसल ड्रामा र महिलाप्रधान चलचित्र रुचाउनेको लागि दर्शनीय हुनसक्छ ।

ज्याक क्रेगर निर्देशित हलिउड फिल्म ‘विपोन्स’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । एक बालक रहस्यमय रुपमा बेपत्ता भएपछिको कथा यसमा छ । जोस ब्रोलिन, जुलिया गार्नरको शीर्ष भूमिका छ ।

यस फिल्मको रनटाइम १२८ मिनेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?