News Summary
Generated by OK AI. Editorially reviewed.- प्रशान्त तामाङ स्टारर नेपाली फिल्म ‘पहिचान लडाईको’ शुक्रबारदेखि नेपालका हलमा रिलिज भएको छ।
- हलिउडको म्युजिकल फेन्टासी फिल्म ‘विक्ड : फर गूड’ दोस्रो श्रृंखला पनि प्रदर्शनमा आएको छ।
- ‘पहिचान लडाईको’ ९९ मिनेटको सामाजिक कथावस्तुमा आधारित फिल्म हो भने ‘विक्ड : फर गूड’ १३८ मिनेटको छ।
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा तीन नयाँ फिल्म रिलिज भएका छन् । प्रशान्त तामाङ स्टारर नेपाली भाषाको फिल्म ‘पहिचान लडाईको’ र हलिउडको ‘विक्ड : फर गूड’ प्रदर्शनमा आएका हुन् ।
भीम लामा निर्देशित ‘पहिचानको लडाईको’ सामाजिक कथावस्तुमा आधारित छ । फिल्ममा तामाङसहित करिश्मा मानन्धर, धीरेन शाक्य र प्रेम सुब्बाको अभिनय छ ।
९९ मिनेट रनटाइमको यो फिल्मले नेपाली समाजको यथार्थ कथावस्तुलाई चित्रण गर्ने जनाइएको छ ।
‘विक्ड’ को दोस्रो श्रृंखला ‘विक्ड : फर गूड’ हलिउडको म्युजिकल फेन्टासी फिल्म हो । जोन एम चुद्वारा निर्देशित यो फिल्म विक्ड (२०२४) को सिक्वेल हो ।
सिन्थिया एरिभो, एरियाना ग्रान्डे, दे जोनाथन बेली, इथान स्लेटर, बोवेन याङ, मारिसा बोडे, मिशेल येओह र जेफ गोल्डब्लम दोस्रो श्रृंखलामा पनि देखिएका छन् ।
यो फिल्मको रनटाइम १३८ मिनेट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4